चितवन २६ माघ
होमनाथ सापकोटा : रत्ननगर–५ वाघमारामा रहेका बाढिपीडित सुकुमवासीहरु
लाई आज खाद्यान्न,कपडा र आर्थिक सहयोग वितरण गरि
एको छ । लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका
महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवे
तमा रहेका नेपालीहरुवाट संकलित रकमवाट सुकुमवासीहरु
लाई खाद्यान्न,कपडा र आर्थिक सहयोग गरिएको हो ।
गत साउन महिनामा आएको बाढिवाट पीडित २१ घर परिवार
लाई प्रतिपरिवार एक वोरा चमल,५ किलो दाल, एउटा
ब्लाबकेट र एक हजार रुपैयाका दरले सहयोग गरिएको
महासचिव लोप्चनले जानकारी दिनुभयो । आर्थिक अभावले
जीवनयापन गर्न समस्या भोग्दै आएका सुकुमवासीहरु
खाद्यान्न,कपडा र आर्थिक सहयोग पाएपछि खुसी भएका
छन ।
लायन्स क्वल अफ राईनो सिटीले स्थानीय स्तर
मा संयोजन गरी आयोजना गरिएको सहयोग हस्तन्तरण
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य
कृष्णप्रसाद खनाल र लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवे
तका महासचिव डिवी लोप्चनले सयुक्त रुपमा सुकुमवासीहरु
लाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी र
त्ननगर–१७ मा रहेको टासी उर्गेन गुम्वालाई पनि कुवे
तमा संकलित रकम मध्य ६० हजार ५ सय रुपैया सहयोग गरि
एको छ । सो अवसरमा लालिगुरास साँस्कृतिक परिवार नेपाल–
कुवेतका महासचिव लोप्चनले कुवेतमा साँस्कृतिक कार्यक्रम
गरेर उठेको र कुवेतमा रहेका नेपालीहरुवाट संकलित र
कमवाट सुकुमवासीलाई खाद्यान्न,कपडा र आर्थिक सहयोग
गरिएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्वल अफ र
ाईनो सिटीका अध्यक्ष राजाराम रेग्मी,रत्ननगर नगर
पालिकाका संस्थापक नगरप्रमुख नारायण वन,लोक गायक
मिलन लामा,राईनो सिटीका पूर्व अध्यक्ष निरज श्रेष्ठ,सचिव
पुष्पराज श्रेष्ठ लगायतले वोल्नुभएको थियो । लालिगुर
ास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक
गायक डिवी लोप्चनको अध्यक्षतामा कार्यक्रम भएको
थियो ।