सुर्खेत १० माघ
मध्यपश्चिमाञ्चल गजल मञ्चको पहिलो साधारण सभा आज वीरेन्द्रनगरको प्यारागन मल्टिपल एकेडेमीको सभा हलमा सम्पन्न भएको छ । डा. दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन सत्रमा नाटककार गणेशभक्त गौतम, गजलकार ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर कवि सरस्वती पन्त, संजीव बराल, मायाराम न्यौपाने पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारती लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णु महताराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी साधारण सभाले गजलकार खगेन्द्र अधिकारी ‘अमृत’को अध्यक्षतामा नया“ कार्यसमितिको चयन समेत गरेको छ । उपाध्यक्षमा सरस्वती पन्त र सन्देश कठायत महासचिवमा पहल असिम थापा सचिवमा कृष्ण विरही जलन, कोषाधक्षमा खगेन्द्र अटल र सदस्यहरुमा निमा गुरुङ, प्रतिभा थापा, यामु सहयात्री, डि बी रास्कल, दुर्गेन्द्र वली सर्वसम्मत चयन भएका छन् । दुई जना सदस्य र सल्लाहकारहरु कार्यसमितिले पछि मनोनित गर्ने विधानमा उल्लेख छ त्यसैले उक्त दुई जना सदस्य र सल्लाहकार पछि मनोनित गर्ने जानकारी संस्थाका उपाध्यक्ष सरस्वती पन्तले जानकारी दिइन ।
सर्वसम्मत कार्यसमितिकोचयन भइसकेपछि निर्वाचन मण्डलको अध्यक्षको हैषियतले ऋषि शर्मा सुदामाले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । उद्घाटन सत्र संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन निवर्तमान महासचिव धिरेन थापा अनुपमले गरेका थिए । संस्थाका उपाध्यक्ष सरस्वती पन्तले अतिथि तथा आजीवन र साधारण सदस्य लगायत उपस्थितहरुलाई शब्द स्वागत गरेकी थिइन ।