पथरी, २ माघ ,
मोरङको कोसी हरैचाको आदर्श प्राविको भवन र डेक्स बेञ्च नहुँदा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् । विसं २०६६ मा समाजसेवी स्व आसिकलाल माझीको परिवारले निःशुल्क रुपमा दिएको दुई कट्ठा जग्गामा स्थापना भएको सो विद्यालयमा ७० दलित र आदिवासी जनजाति समुदायका विद्यार्थी पढ्दै आएका छन् ।
विद्यालयको भवन र डेक्स बेञ्चको अभावमा विद्यार्थी चौरीमा र चित्राले बारेको कोठाभित्र भुईंमा बसेर पढ्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विसनलाल चौधरीले जानकारी दिनुभयो । सो विद्यालयमा दुई शिक्षकको दरबन्दी रहेको छ । वर्षात्को समयमा भवन नहुँदा पढाइ बन्द गर्नुपर्ने अवस्था रहँदै आएको अध्यक्ष चौधरीको भनाइ छ । रासस :