खोटाङ माघ ७,
चार वर्षअघि भएको सडक दुर्घटनामा घाइते भएका खोटाङ स–छितापोखरी–५ का २१ वर्षीय जितबहादुर खड्कालाई उपचारका लागि अस्पताल पु¥याइएको छ ।
आर्थिक अभावमा उपचार गराउन नसकेका खड्कालाई चन्दा उठाएर शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको हो । बसले किचेर पाकेको खुट्टा चार वर्षसम्म उपचार गराउन नसकेको पीडा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि सङ्कलन गरिएको करिब रु ७८ हजारबाट खड्कालाई अस्पताल लगिएको आफन्तले बताएका छन् ।
विसं २०६७ मा भारतको कोइलाखाद जान गुहाटीमा सडक पार गर्ने क्रममा खड्काको गाडीले दाहिने खुट्टा किचेको थियो । गाडीले किच्दा उनको दायाँ खुट्टाको बूढीऔँलाबाहेक चार औँला गुमाएका खड्काको घाउ फैलँदै क्रमशः गोलीगाँठोमुनिको भागसम्म कुहिसकेको छ । खुट्टाको घाउका कारण अहिले कम्मरसम्मको भागसमेत दुख्न थालेको खड्काको भनाइ छ ।
दर्दनाक अवस्थामा रहेका खड्काको उपचारका लागि सप्तेश्वर छितापोखरीस्थित नागरिक सचेतना केन्द्र, अपाङ्ग सेवा सङ्घ, व्यवसायी र सर्वसाधारणबाट स्वेच्छिकरुपमा आर्थिक सहयोग प्राप्त भएको थियो । रासस