काठमान्डू माघ १३ ,
जि. पि. तिवारीको संयोजकत्वमा गठित स्व. दिपेन्द्रसिंह धामी उद्दार तथा राहत संकलन समितिले आफ्नो लक्ष पूरा गरि भए गरेका सबै कारोबार लाई यसै सुचना मार्फत पारदर्शी गराएको अनुरोध गरिन्छ ।
सेक्युरीगार्ड कम्पनिको विभिन्न शाखाहरु सहित मफ्रक क्याम्प र राहत संकलन पेटीका मार्फत जम्मा हुन आएको कुल रकम दिराममा ३३,१३६.५०( तेत्तीस हजार एक सय छत्तिस दिराम पचास फिल्स) लाई स्व. दिपेन्द्रसिंह धामीका दुई छोरीहरु श्रीस्टी धामी र सिर्जना धामीको संयुक्त नाममा रास्ट्रीय बाणिज्य बैक दार्चुला शाखाको खाता नं. ४०९००२०६३९१० मा दाखिला गराइएको छ र यो रकमलाइ नेपालीमा रुपान्तर गर्दा ९,३३,९५८ रुपैया ( नौ लाख तेत्तीस हजार नौ सय अन्ठाउन्न रुपैयाँ ) हुन आएको छ । यदि कोहि मित्रहरुलाइ यश संबन्धमा बिस्तृत जानकारी लिन मन लागे बैंकको फोन नं. ००९७७९३४२०२६० मा प्रत्यक्ष फोन गरि बुझ्न सक्नु हुनेछ ।
अन्तिममा यो अभियानमा आर्थिक संकलन जुटाउन देखि हरेक कार्यमा दत्तचित्त लागि पर्ने समितिका सबै सद्स्य मित्रहरु र आर्थिक सहयोग गरि हाम्रो अभियानलाइ सार्थक र सेवामुलक बनाउन सहयोग गर्नु हुने सबै सहयोगी मनहरुमा यो समिति हार्दिक हार्दिक आभार प्रकट गर्दछ ।
हामी सबैको सानो सहयोगले स्व. दिपेन्द्र जी को अधुरो सपना पूरा हुन केही टेवा मिल्नेछ भन्नेमा यो समिती आशाबादी छ र दुई नाबालक बच्ची हरुको सुन्दर भबिस्यको कामना गर्दछौं ।
स्व. दिपेन्द्रसिंह धामी उद्दार तथा राहत संकलन समिती परिवार ।