गजल By, श्रीभक्त पौडेल¨आफन्त¨
जवान नै छु म भन्छु, बुढो भैस् भन्छन्
कही कतै जिस्काउदा, फुँडो भैस् भन्छन्
बासमती´को चामल्, बिर्यानी हुँ लाग्छ
फर्सीराखी फत्काएको, कुँडो भैस् भन्छन्
जुल्फी कोर्दा त पाखे, नकोरौँ भने भुत्
कटौरी नै फुस्किएको, घुँडो भैस् भन्छन्
कुनै बेला मुस्कानले, बादल फाट्यो कतै
त्यही ओठलाई किन, ठुँडो भैस् भन्छन्
सुटेड् बुटेड् सधैं, हुन जानिएन
हेर्दा हेर्दै तँ त काले, लुँडो भैस् भन्छन
श्रीभक्त पौडेल¨आफन्त¨
स्पेन ,