गीत सम्झना मै बित्न थाले
चिसा चिसा रातहरु, कल्पना मै बित्न थाले
याद्पापीले सताउंदा, सम्झना मै बित्न थाले
भिडमा त्यसै हराउछु, एकान्तको कुरा छाडौं
कहाँपोखुँ मन्को बह, भावना मै बित्न थाले
अतित ले पोल्दो रै´छ, खाटो बसी सुक्यो घाऊ
हिजोसम्म ताजा लाग्थ्यो, बिर्सना मै बित्न थाले
साउनमा खडेरी भो, बषन्त् कहिल्यै पलाएन
प्यास रह्यो जुनी भरी, तिर्सना मै बित्न थाले
चिसा चिसा रातहरु, कल्पना मै बित्न थाले
याद्पापीले सताउंदा, सम्झना मै बित्न थाले
श्रीभक्त पौडेल '' आफन्त ''
स्पेन ,