गीत्: By, गोपाल प्रधान
कहिले कांही यी मनका कुराहरू,
एक्लो बस्दा,शान्त र सुन्दर लाग्दछ।
कहिले काही यी मनमा यादहरू,
ओर्ली आउँदा,कल्पिन मीठो लाग्दछ।
किन,छोप्दैछ आकाश ए निष्ठुरी बादल्,
मैले मेरो जून ताराहरू देख्न नैं पाईन।
कहिले काही अतीतका संझनाहरू,
एक्पल्ट भेट्न,पाउँदा मोझ हुन्थ्यो।
कहिले काही,बितेका गल्तीहरू,
एक्पल्ट मेटन,पाउँदा बोझ हट्थ्यो।
किन,दौडीन्छौ स्वार्थमा ए सिर्सिरे बतास्,
मैले मेरो वैशमा इन्द्रेणी सजाउन नै सकिन।
गोपाल प्रधान