
तीन-मुक्तक By, नीता केसी
१,
हाम्रा मुटु नजिक यति हुन्, एउटा बन्द भए अर्को चलोस् !
मायाका दुई दीप यस्ता हुन्, कि एउटा निभे अर्को बलोस् !!
न समाजले टाढा पारोस्, न त कुनै समयले,यो आत्मीयता
यति चाहुन कि एकले अर्कालाई,यस समाजको इर्ष्यै गलोस् !!!
२,
त्याग हुन्छ विश्वास हुन्छ अझ बढी आश हुन्छ !
भित्र भित्र माया गर्दा किन बढी प्याश हुन्छ !!
एउटा सुर्य क्षितिजको समुन्द्रमा दुबे . . .
सरि स्वप्न हुन्छ पीडा हुन्छ अझै केहि खास हुन्छ - !!!
३,
'जीवन' एक कठोर नित्य सत्य,स्वासको घडी !
'आकाश' अर्को सत्य घडी,चन्द्र,सुर्यको घडी !!
आत्मा' ईश्वोरिए घडी, अनन्त, अजर अनि अमर '
समय' तेस्रो घडी,निरन्तर चलिरहने सास्वत घडी !!!