गीत: एकप्रकारको माया
किन हो किन,
उदास,यो मनमा पिरती मुस्कुराउँछ,
दिनमा होइन,
एकान्त,त्यो रातमा मायाले झस्काउँछ।
किन हो किन,
वेमोल,यो जिन्दगीमा आँशु खसाउँछ।
भन्नु पो हुन्न,
मौनता,त्यो याद चुपचाप् सहिरहन्छ।
किन हो किन,
जीवन,यो भुमिमा मायामा उदाउँछ।
पत्तो पो छैन,
प्रभात,यो भुमिका स्नेहमा बताउँछ।
किन हो किन,
आकाश,यो भावना उडाउँन भन्दछ।
शव्द भित्र अर्थ,
किताव,त्यो रचना बुझाउन खोज्दछ।
पहिले छैन,माया कस्तो,
अहिलेसम्म जानिन गीत् कस्तो।
सृजना गरे,संगीत जस्तो,
वसन्त पाए तिम्रो प्रीत् यस्तो।
गोपाल प्रधान