दोलखा महोत्सवले बढायो सुन्तला व्यापार I

चरिकोट, २४ मङ्सिर,

 दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारदेखि सुरु भएको दोलखा महोत्सवका कारण स्थानीय सुन्तलाले राम्रो बजार पाएको छ । सदरमुकाम चरिकोटस्थित टँुडिखेल मैदानमा चलिरहेको महोत्सवमा जिल्लाका विभिन्न गाविसबाट आएका सुन्तला कृषक र व्यापारीको भीड लागेको छ । 

आयोजकका अनुसार केही कृषकले आफ्नै घर आँगनमा फलाएको सुन्तला बिक्री गर्न स्टल नै लिएका छन् । सदरमुकामको सातदोबाटो चोकसहितका विभिन्न स्थानमा समेत सुन्तला बिक्री गर्ने किसानको भीड छ । जिल्लाका पवटी, गैरीमुदी, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, लामिडाँडा, फस्कु, नाम्दुलगायतका गाविसका किसान सुन्तला बिक्री गर्न सदरमुकाम आएका छन् । 

महोत्सवमा आएका पर्यटकले समेत दोलखाको चिसो मौसममा फलेको सुन्तलाको स्वाद मन पराएका छन् । भक्तपुरबाट आएका जीवन श्रेष्ठले भन्नुभयो – “दोलखा जस्तो रमाइलो ठाउँमा फलेको सुन्तला साह्रै रसिलो र मीठो लाग्यो ।” आफ्नै गाउँ ठाउँमा भएको महोत्सवमा सुन्तला बिक्री गर्न पाएकोमा किसानसमेत निकै हषिर्त छन् । “बगैँचाबाटै बेच्न एक त झन्झट हुन्थ्यो, अर्को ग्राहक कहिले आउँछन् भनेर कुरेर बस्नुपथ्र्यो” सुन्द्रावती गाउँका किसान अर्जुनप्रसाद शिवाकोटीले सुनाउनुभयो – “यहाँ आएर त मनग्य आम्दानी गर्न पाइएको छ ।” 

दोलखा महोत्सवमा दैनिक आउने पाँच हजार पर्यटकको आकर्षा चरिकोटमा बेच्न राखिएको सुन्तलामा समेत रहेको आयोजक क्षेत्रिय होटल सङ्घका सचिव सन्तोषकुमार पाठकले बताउनुभयो । किसानहरूले प्रतिकिलो रु ८० सम्ममा बिक्री गरिरहेका छन् । दोलखा जिल्लालाई सुन्तलाखेतीकै रुपमाअगाडि बढाउनु पर्ने जिल्ला कृषि विकास कार्यालय दोलखाको भनाइ रहेको छ । कृषि विकास कार्यालय दोलखाका प्रमुख बौवालाल चौधरी भन्नुहुन्छः ‘किसानले सुन्तलाको व्यावसायिक खेती गरे हामी प्राविधिक तथा आर्थिक सहयोग समेत गर्न तयार छांै’ । 

चरिकोटमा सुन्तलाको बजार पर््रवर्द्धनका लागि समेत राम्रो व्यवस्था रहेको छ । हिजोआज सुन्तलाको मौसमले गर्दा चरिकोट बजार, तामाकोसी बजार, सिंगटी बजारलगायतका जिल्लाका बजार सुन्तलामय देखिन थालेका छन् । यसले किसानको घर खर्चको दैनिकीलाई समेत टेवा पुर्‍याएको छ । दोलखामा उत्पादन भएको सुन्तला चरिकोटका अलावा राजधानी र छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको किसानहरूले बताएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com