कञ्चनपुर, ९ पुस ,
वैदेशिक रोजगारमा जानबाट युवालाई रोक्नका लागि जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक तरकारीखेतीका लागि ७२ जना युवालाई अनुदानस्वरुप रु ४३ लाख २० हजार रकम उपलब्ध गराएको छ ।
युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअर्न्तर्गत छनोटमा परेका ७२ जना युवालाई रु ६० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।
“व्यावसायिक तरकारीखेतीका लागि विदेशबाट फर्केका, विदेश जाने इच्छा देखाएका, विपन्न, दलित, द्वन्द्वपीडित, तरकारी खेतीबारे तालिम लिएका र गत वर्षतरकारी खेतीका लागि आवेदन दिएका छनोटमा नपरेका युवालाई छनोट गरी अनुदान रकम उपलब्ध गराएका छौँ”, कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो ।
छनोटमा परेका युवाले एक बिगाहा खेतमा तरकारीखेती गर्नुपर्ने गरी सम्झौता गरिएको छ । तरकारीखेतीका लागि अनुदान उपलब्ध गराइएका युवालाई व्यावसायिक खेतीबारे तालिम दिई दक्ष बनाइने अधिकृत थापाले बताउनुभयो । तरकारी खेतीका लागि १८ वर्षेखि ५० वर्षमुनिकालाई छनोटमा पारिएको छ ।
गत वर्षसोही कार्यक्रमअर्न्तर्गत ४० जना युवालाई रु ६० हजारका दरले व्यावसायिक तरकारीखेतीका लागि अनुदान रकम उपलब्ध गराइएको थियो । दक्ष युवा कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जान थालेपछि कृषिमा युवा जनशक्तिविहीन बन्दै जान थालेपछि युवा लक्षित कार्यक्रम सञ्चालन गरी युवालाई कृषिमा संलग्न गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । य
सैगरी, कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक किट विकास कार्यक्रमअर्न्तर्गत ४० जना युवालाई च्याउखेतीका लागि रु १९ लाख रकम अनुदानस्वरुप प्रदान गरेको छ । प्रतियुवा रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । रासस