चितवन,पुष १६ ,
शिशिर सिंखडा
: सेवा अहिले नेपाल काठमाडौ नामक संस्थाले पुर्वी चितवनको जुटपानी ४
स्थित पृथ्वी उच्च मावि सालघारी शाखाका विद्यार्थीहरुलाई जाडोमा लगाउने
कपडा सहयोग गरेको छ ।
सो संस्थाले आज विद्यालयका १ सय १० जना विद्यार्थीहरु
लाई ज्याकेट,ट्राउजर र टोपी सहयोग गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा जुटपानी गाविसका सचिव रामकुमार
श्रेष्ठले विद्यार्थीहरुलाई सो कपडा हस्तान्तरण गर्नु भयो ।
सेवा अहिले ने
पालका राष्ट्रिय निर्देशक अर्जुन ढकालले शितलहरका कारण विपन्नवस्तीका
विद्यार्थीहरुलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै हरेक वर्ष जस्तै यस
वर्षपनि सो विद्यालयका सवै विद्यार्थीहरुलाई कपडा सहयोग गरेको वताउनुभयो
। सो संस्थाले सिद्धीको मझवाब प्राविका १३ जना र नवलपरासी स्थित पिठौली प्र
ाविका ९५ जना विद्यार्थीलाई पनि जाडोमा लगाउने कपडा सहयोग गरेको थियो
।
सहयोग कार्यक्रममा पृथ्वी उच्च माविका प्राचार्य गंगाराम गुरुब,जेन्टल
फाउन्डेसनका कोअर्डिनेटर इश्वर श्रेष्ठ,पृथ्वी उच्च मावि सालघारी शाखा
इन्चार्ज तारा खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । सेवा अहिले नेपाल
काठमाडौका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा कार्यक्रम भएको
थियो ।






