वाशिंगटन डिसी पुष १०,
विजय थापा : अमेरिका ,मेक्सिको तथा कोलम्बियामा बसोबास गर्ने नेपाली नागरिकहरुले आगामी नोवेम्बर २४ ,२०१५ अघि नै अनिवार्य रुपमा मेसिन रिडेबल (पठनीय यन्त्र )राहदानी बनाई सक्नु पर्ने नेपाली दुतावास वाशिंगटन डिसीले जानकारी गराएको छ ।
नोवेम्बर २४ ,२०१५ देखि हस्त लिखित राहदानी पूर्ण रुपमा अमान्य हुने जानकारी गराउदै अन्यथा बिबिध कानुनी ,प्राबिधिक तथा ब्यबहारिक कठिनाई भोग्नु पर्ने सचेत गराउदै उक्त समय भित्र पठनीय यन्त्र राहदानी बनाउन आग्रह गरेको छ ।
यसका अतिरिक्त कुनै पनि हस्त लिखित राहदानीमा वहाल अवधि जति सुकै उल्लेख भएता पनि सम्पूर्ण हस्त लिखित राहदानी २४ नोवेम्बर ,२०१५ देखि स्वत अमान्य हुने जानकारी दिएको छ ।
उक्त छापा बिज्ञप्तिमा फेब्रुअरी १० ,२०१४ मा नेपाली दुतावास वाशिंगटन डिसीको आफ्नो संजालबाट उक्त जानकारी गराई सकिएको उल्लेख गरिएको छ ।
र, उक्त एम आर पीको लागि आबेदन प्रक्रिया बारे बिस्तृत जानकारीको लागि दुताबासको आधिकारिक संजाल हेर्न अनुरोध गरिएको छ, www.nepalembassyusa.org