'' गजल '' By, मानन्धर अभागी
जति रेट्दा पनि रेटिएन किन होला घाँटी
कामै नलाग्ने करौंटी पुरानो भएर दाँती
रुप भने सफा रैछ मन त कालो रहेछ
असल भन्ठानेको मैले खराव रहेछ साथी
हामी हाम्रो त्यो सम्बन्धले एउटा पहाड बोक्यो
नहुने व्यथा लाग्यो भन्दा ग¥यो उस्ले आनाकानी
था थिएन भँवरा रै छ भु ... र्र ...र्र... उडेर गयो
मलाई छाडी वीचैबाट अन्तै हुँइक्यायो गाडी
तीर्खा मेट्न बटुवालाई खोला जति पाइन्थ्यो
प्रेम अभिशाप लाग्यो कस्तो रै छ अपराधी ।
मानन्धर अभागी