आफन्तका ५ हाइकु
१,
कलम भाँचे
एेन लेख्नु पर्नेले
पेन्सिल् तिखार्दै !
२,
दोहोरी सुरु
प्रचन्ड ओली बिच
ताली बजाऔं!
३,
दोश कसको
सडक कि सदन
नबन्ने भयो !
४,
मिचाहा साँढे
जनता बबुरो भो
भाग्ने पो कता !
५,
ब्युँझ ब्युँझाऔं
खेल अल्लि ढिलो भो
मेरो यो गुनासो !
श्रीभक्त पौडेल¨आफन्त¨
स्पेन