कविता 'आमालाई चिठी''
आमा तिमी के गर्दै छौ
मैले छोडेर आएको लमतन्न खाली ती बाटाहरु
घरको पेटीमा उभिएर एकनास नियाल्दै छौ ...
या चरक्क चर्कीएको छातीको दाहिने पटी समाउदै
सन्चो बिसन्चो मैले खाए नखाएको सोच्दै छौ
चिन्ता नलेउ आमा
तिमीले हामीले सोचे जस्तो छैन रहेछ यो बिदेशमा
आमा फुस्रो कलेटी मुख पार्दै अस्तित्वको पाहाड चड्न सिक्दै छु म
पीडाहरुको थुप्रो माथि हिड्न सिक्दै छु म
बाध्यता र ब्यबस्ताको आधि हुरिसंग चल्न सिक्दै छु म
मन फुटेर आउने सुनामिसंग बग्न सिक्दै छु म
यहाँ हजारौ संख्यामा रहेको म जस्तोको
बारा महिना बारैकाल दैनिकी काम प्रतियोगिता छ
यो प्रतियोगितामा सफल हुनको लागि कामको दौडमा छु म
आफ्नो एकथोपा रगतलाई पसिनामा परिणत गर्दै
सपनालाई साकार पर्छु भन्ने होडमा छु म
आमा......?
सन्तान भन्नु नै सपनाहरुको एउटा सृंखला रहेछ
त्यहि सृंखलाहरुको लहरमा उभिएर म
मेरो सपानाहरुको फूल टिप्न लागी परेको छु म
बाध्यता र अभाबहरुको पिजडामा कुजे भएको मेरो यी सपनाहरु......
आमा हेरत
मिरमिरे बिहानी पख
त्यो छितिजमाथी टिलपिल गर्दै
चम्किएका तारा जस्तै
आज चम्किरहेको म देखि रहेको छु
हो यहि बिदेशमा
बिहानी जस्तै रहर लाग्दो सपना खोजि रहेको छु
खोजि रहेको छु
आमा तिमी पिर नगर है....
पूर्ण 'कान्छा' गुरुङ