चितवन , मंसीर ६ ,
शिशिर सिंखडा : पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामवेशीको चेपाब संरक्षण केन्द्र
मा आश्रीत वालवालीकालाई खाद्यान्न स्टेशनरी र कपडा सहयोग प्राप्त
भएको छ ।
ललितपुर स्काउटका स्काउटरहरुको सहयोगमा संकलीत रु एक
लाख पचास हजार वरावरको सो सामाग्री आज केन्द्रमा पुगी स्काउटरहरुले
एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।
उनिहरुले ललीतपुरको भिएस निकेतन स्कुल , गौरीशंकर
स्कुल , सेन्ट जेभियर्स कलेज जावलाखेल,ग्रयान्ड एकेडेमी ,
त्रीपद्यमा स्कुल,अनन्त स्कुल,डाफे स्कुल , शहिद धर्मभक्त स्कुल , से
न्ट मेरिज स्कुल,फ्युचर स्टार स्कुल , प्रभात स्कुल,हरिसीद्धी स्कुल
लगायतका एक दर्जन विद्यालयमा तिहारको समयमा देउसी भैलो खेलेर
र अन्य समयमा सहयोग संकलन गरि केन्द्रलाई हस्तान्तरण गरिएको
भिएस निकेतन स्कुलका स्काउट प्रशिक्षक प्रकाशराज पाण्डेले जानकारी
दिनुभयो ।
सोही कार्यक्रममा फ्रान्स घर भइ हबकबमा कार्यरत एलीजा
मार्फत प्राप्त स्टेशनरीहरु समेत केन्द्रलाई हस्तान्तरण गरिएको
थियो । सो कार्यक्रममा गामवेशीको चेपाब संरक्षण केन्द्रका अध्यक्ष
केपीकिरण शर्मा , पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र
वडुवाल , स्काउटका एसीया प्यासीफीक रिजन युथ कोअडिनेटर प्र
काशराज पाण्डे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो के
न्द्रमा चितवन र मकवानपुरका विकट पहाडी क्षेत्रका ७४ जना विपन्न चेपाब
विद्यार्थिहरु आश्रीत रहेका छन् ।





