संरक्षण केन्द्रलाई साईकल हस्तान्तरण I

चितवन कार्तिक ,२९,

पुर्वि चितवनको रत्ननगर १० स्थीत मगलपुरमा रहेको गामबेशिको चे पाब सरक्षण केन्द्रलाई आज साईकल प्रदान गरीएको छ । रत्ननगर का समाजसेबी निराजन खनालले केन्द्रलाई साईकल प्रदान गरेका हुन् । 

काउले ३ जाईथलीका रेशम चेपाब केन्द्रमा आश्रय लिई भर तपुरस्थीत भोजाडमा रहेको पोलीटेक्नीक इन्स्टीच्युटमा भेटनरी जेटिए अध्ययन गरीरहेका र रेशम चेपाबलाई आउन जान कठिनाई परेकाले सो साईकल प्रदान गरेको निराजन खनालले बताउनुभयो । खनालले २५ हजार मुल्य पर्ने माउन्टेन बाईक साइकल चे पाबलाई प्रदान गरेका हुन । 

खनालले यस अघि पनि केन्द्रलाई बिभिन्न सहयोग गदै आईरहेका छन् । साइकल प्राप्त भएपछि अध्ययनका लागी निकै सहज हुने रेशम चेपाबले बताए । केन्द्रमा मकबानपुर र चितवनका बिभिन्न पहाडी गाबिसका बिपन्न चेपाब समुदायका ७४ जना बालबालिका आबासीय सुबिधा सहित नजिकैको बिद्यालयमा अध्ययन गरीरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com