देशभर बस दुर्घटना प्रति नेपाल प्रहरीको ध्यानाकर्षण, यसरि सम्पर्क गर्नुहोस I

काठमाडौं, कात्तिक १६,

नेपाल प्रहरीले केही दिनयता देशका विभिन्न ठाउँमा भएका गाडी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीले विज्ञप्ती निकालेर देशभर भएका विभिन्न गाडी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु प्रमुख कारण भएको उल्लेख गर्नुभएको छ ।

प्रहरीका अनुसार शुक्रबार राती मकवानपुरको बसामाडी–२ वस्तीपुरमा भएको बस दुर्घटनासमेत तीव्र गतिका कारण भएको हो । चालकले तीव्र गतिमा गाडी चलाएमा वा अरु लार्पबाही गरेको देखिएमा समयमै खबर गर्न प्रहरीले यात्रुसँग आग्रह पनि गरेको छ ।

यस्ता लापर्बाहीबारे प्रहरी परिचालन कक्षको टेलिफोन नम्बर ०१–४४१२७८०, ०१–४४११५४९, ०१–४४१५५९७ र ०१–४४१२७४८, त्यस्तै पैसा नलाग्ने टोल फ्री नं १६६००१४१५१६, प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८४९०९११३९ मा जानकारी गराउन सकिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com