यस बर्ष ३ करोडको गहुँको विउ वितरण गरिदै I

जनकपुरधाम, २६ कात्तिक ,

राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले यस वर्षकिसानलाई करिब रु तीन करोड मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने भएको छ ।

चालु आर्थिक वर्षा धनुषा, महोत्तरी र र्सार्लहीका किसानलाई रु तीन करोड मूल्य बराबरको ७२५ मेक्टि्रक टन उन्नत जातको गहुँको बीउ वितरण गर्ने सो कार्यालयले जनाएको छ । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड जनकपुर शाखामार्फ तीनवटै जिल्लाका किसानलाई सो मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने कार्यालयका प्रमुख रामबाबु महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षती जिल्लामा रु पाँच करोड २४ लाख बराबरको ९३५ मेटि्रक टन गहुँको बीउ बिक्री गरिए थियो । तीनवटै जिल्लामा रहेको ५० वटा अधिकृत विक्रेतामार्फ गहुँको बीउ वितरण गर्ने बताइएको छ । शाखामा अहिले करिब २०० मेटि्रकटन बीउ मौजदात रहेको र अन्य बीउ आउने क्रम जारी रहेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com