बागलुङमा विश्वकै अग्लो विश्वशान्ति कलश निर्माण सुरु I

बागलुङ, २३ कात्तिक ,

धार्मिक पर्यटनलाई लक्ष्य गरी यहाँ विश्वकै अग्लो विश्वशान्ति कलश निर्माण सुरु गरिएको छ । धार्मिक पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यले बागलुङ नगरपालिका-८ र्सवसिद्धि पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको हो । 

एक हजार पाँच सय मिको उचाइमा रहेको पञ्चकोट क्षेत्रलाई ‘विश्वशान्ति र्सवसिद्धिकोट जयश्री मुक्तिनाथ धाम स्थल नयाँ धार्मिक गन्तव्य’ रूपमा विकास गरिने भएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल- नयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तनाथ महाघण्टलगायत अन्य पर्ूवाधार निर्माणको काम सुरु गरेको छ । 

एक सय ७५ रोपनी क्षेत्रफल ओगटेर बनाउन लागिएको उक्त धार्मिकस्थलको विकासका लागि रु ३३ करोडको गुरुयोजना बनाएर काम थालिएको हो । उक्त स्थलमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्ने भएको छ । विश्वशान्ति कलश निर्माणमा मात्रै रु १५ करोड रुपैयाँ लागत लाग्ने ट्रस्टले जनाएको छ । कलश विश्वकै अग्लो हुने जिकिर गरिएको छ । 

“बागलुङ जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यसले ठूलो सघाउ पुर्‍याउँछ, संसारभर शान्ति सन्देश फैलाउन खोज्दैछाँैं”ट्रस्टका जनसर्म्पर्क अधिकारी खेमराज सापकोटाले भन्नुभयो । विश्वशान्ति धाम नाम दिइएको उक्त स्थानबाट दर्जन बढी उच्च हिमालको समेत अवलोकन गर्न सकिने भएकाले उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपर्ूण्ा ठानिएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com