आठौँ अन्तर्राष्ट्रिय सार्कस्तरीय मनोचिकित्सक सम्मेलन सम्पन्न I

बुटवल मङ्सिर १४,

सार्कस्तरीय मनोचिकित्सकको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन शनिबार लुम्बिनीमा सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलनमा अनुभव आदानप्रदान गर्नाका साथै विभिन्न छलफल गरिएको छ ।

सम्मेलनले मनोचिकित्सकको नवौँ सार्क सम्मेलन पाकिस्तानमा गर्ने निर्णयसमेत गरेको नेपाल मनोचिकित्सक सङ्घका सहसचिव डा. मनोज ढुङ्गानाले जानकारी दिए ।

नेपाल मनोचिकित्सक सङ्घको आयोजनामा भएको सम्मेलनमा सार्क राष्ट्रलगायत एक दर्जनभन्दा पनि बढी देशका करिब ४०० मनोचिकित्सकले भाग लिएका थिए । ‘मानसिक स्वास्थ्यका लागि शान्ति’ भन्ने मूल नाराका साथ सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा २३० जनाले अनुभव प्रस्तुत गरेका थिए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com