भारतको छात्तिसगढ़मा परिवार नियोजन पश्चात १५ महिलाको मृत्यु भएपछी डाक्टर गिरफ्तार I

कार्तिक २८,

भारतको छत्तिसगढमा सञ्चालित शिविरमा परिवार नियोजन गराएपछि १५ महिलाको मृत्यु भएको प्रकरणलाई लिएर त्यसमा संलग्न मुख्य अभियुक्त डाक्टर आर के गुप्ता गिरफ्तार भएका छन् । 

शिविरमा महिलाको बन्ध्याकरणमा डा. गुप्ता प्रमुख रुपमा संलग्न थिए । छत्तिसगढको बिलासपुरमा भएको स्थायी बन्ध्याकरण शिविरमा सहभागी भएका महिलामध्ये १५ जनाको मृत्यु भैसकेको छ भने ९२ जना विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । राज्य सरकारले अस्पतालमा भर्ना भएका महिलालाई सुविधाजनक अस्पतालमा लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । 

चिकित्सकका अनुसार परिवार नियोजन गराएका महिलामा मल्टिपल अर्गान फेलियरको समस्या देखिएको छ । यसबारेमा अनुसन्धान भैरहेको छ । मृतक महिलाको पोष्टमार्टम रिपोर्ट आएपनि मृत्युको कारण अझैं स्पष्ट भैसकेको छैन । छत्तिसगढका स्वास्थ्य मन्त्री अमर अग्रवालले यस घटनाका लागि प्रारम्भिक रुपमा खराब औषधिलाई जिम्मेवार मानिएको उल्लेख गर्दै परिवार नियोजनमा प्रयोग गरिएको औषधि र सामग्रीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिए । समाचारमा जनाइएअनुसार छत्तिसगढ सरकारका लागि औषधि खरिद गर्ने जिम्मा छत्तिसगढ मेडिकल सर्भिस कर्पोरेशन नभई भारतीय वन सेवाका अधिकारीले लिएका छन् । 

मेडिकल सर्भिस कर्पोरेशनले टेण्डर आव्हान गरेर सबैभन्दा सस्तो औषधि किन्ने गर्छ । ती कम्पनीहरुले नाफा गर्न ५ वर्षसम्मको स्टक पनि किन्ने गरेका छन् । उक्त शिविरका लागि भने औषधि खरिद स्थानीय रुपमा गरिएको थियो । औषधि स्थानीय एक कम्पाउण्डरले किनेका थिए । परिवार नियोजन शिविरमा प्रयोग गरिएका आइबुप्रोफेन ४०० एमजी, सिप्रोसीन ५०० एमजी, इंजेक्शन(लिग्नोकेन एचसीएल आईपी, इंजेक्शन(लिग्नोकेन एचसीएल, एभ्जरभेन्ट कटन उल र जिलोन लोशन लाई राज्य सरकारले प्रतिबन्धित गरेको हो । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com