सादर निमन्त्रणा '' किराँत राई यायोख्खा नेपाल इज़रायल '' I

सादर निमन्त्रणा '' किराँत राई यायोख्खा नेपाल इज़रायल ''


'' हाम्रो संस्कृति हाम्रो पहिचान ''

उधौली साकेला : यहीं आउँदो महिना डिसेम्बर १३ तारिक २०१४ शनिवार किराँत राई यायोख्खा नेपाल इज़रायल '' ले उधौली साकेला (चण्डी सिली) २०७१ मनाउने तयारी भएको हुँदा उक्त पवित्र पूजा/कार्यक्रम मा सामेल भैदिनु हुन इज़रायल स्थित कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा सम्पूर्णमा हार्दिक आग्रह गर्दछौं ।

प्रवासमा रहेर पनि हामी किराँती राईहरु आफ्नो कला, संस्कृति, संस्कार, पहिचान संरक्षण र सम्बर्दनको लागि संस्थाको स्थापना गरि एकबद्ध भै हरेक कार्यक्रम गर्दै आइरहेका छौं । तसर्थ अहिले हाम्रो उधौली साकेला (चण्डी) मनाउने अन्तिम तयारी भैरहेको छ । अतः सम्पूर्णमा यस पूजामा उपस्थित भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति : १३ डिसेम्बर २०१४, शनिवार 
समय : ११ बजे देखि ४ बजे सम्म 
 स्थान : एभरेष्ट डिस्को हल- तखना मार्कजित, तेस्रो तल्ला ,मातालोन गेट, इजरायल।
 '' किराँत राई यायोख्खा नेपाल इज़रायल परिवार ''

 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com