जन्मदिनमा चेपाब वालवालिकालाई खाना I

रत्ननगर मंसिर २,

होमनाथ सापकोटा : रत्नगरका सफल व्यवसायी अनिल अधिकारीले आफ्नो जन्म दिनको अवसरमा गामवेसीको चेपाब वालवालिकालाई दुईछाक खाना खुवाएका छन ।

नेपाली चलचित्र आफ्नो मान्छेका नायक समेत रहेका अधिकारीले २७ औं जन्मदिनको अवसरमा चेपाब वालवालिकालाई विहान वेलुकाको खाना खुवाएका हुन । श्रीमति पुष्पा अधिकारी,छोरा अपूर्व अधिकारी र अन्य आफन्त संगै केन्द्रमा पुगे का नायक अधिकारीले आफ्नो जन्म दिन चेपाब वालवालिका संगै मनाएका हुन ।

जन्मदिन मनाउन गरिने फजुईल खर्च नगरी चेपाब वालवालिकालाई खाना खुवाएको व्यवसायी अधिकारीले बताउनुभयो । उहाँले चलचित्र आफ्नो मान्छे मार्फत आगामी दिनमा पनि केन्द्रमा आश्रित वालवालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । केन्द्रमा चितवन र नवलपरासीका ७४ जना वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com