गजल '' By, मानन्धर अभागी


'' गजल '' By,  मानन्धर अभागी 

ताजुव लाग्छ मलाई कस्तो रै छ यो देश
फाईदा जो गुमाउने यस्तै रै छ परिवेश

संविधान बनाउने दल तथा नेताहरू
 फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश

विकासको त्यो नाममा आफ्नो स्वार्थको निम्ति
सिङ्गो देश चिरेर आज माग्दैछ प्रदेश

कोही धम्क्याउँदै छन् त कोही झुठा अभिव्यक्ति
सत्ता प्राप्तिका लागि वहुरुपी त्यो भेष

विकास भन्दा पनि विनाशतिर हाम्रा नेता
कस्तो राम्रो त्यो विचार यही रहेछ विशेष ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com