गजल By, श्रीभक्त पौडेल ¨आफन्त¨

गजल By, श्रीभक्त पौडेल ¨आफन्त¨

भूल भयो विश्वाश गर, तिम्रो कुनै दोश छैन 
गल्ति अझै हुन सक्लान् मेरो कुनै होश छैन  

छायौ तिमी सपना सरी ब्युझे तिम्रो साथ कहाँ  
सपना मा नआउ बिन्ती, मेरो कुनै रोश छैन 

परेलिका मुहान मेरा सुख्खासुख्खा लाग्न थाले 
आफ्नो भन्नु आशू केबल मेरो कुनै ठोश छैन 

फर्क जाउ दोमन छैन स्वार्थ आफ्नो पुरागरी 
सुन्दर अर्को संसार रोज मेरो कुनै कोश छैन 

भयो पुग्यो अघाए मत माया भन्ने एस्तै रैछ 
नगासौ भो पिरती अब, मेरो कुनै जोश छैन

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com