'' गजल '' श्रीभक्त पौडेल ¨आफन्त¨



'' गजल '' श्रीभक्त पौडेल ¨आफन्त¨

मलाई पनि, चर्चामा आउनु छ 
तस्बिर सहित् पर्चामा आउनु छ 

नाङ्गिनु परे नाङ्गिन्छु हजुर म 
साना या ठुला पर्दामा आउनु छ 

आज्´को हैसियत् नभएर पो केभो 
भोलि त पक्का दर्जामा आउनु छ 

बोला ए शहर छिटो भन्दा छिटो 
सापट् खोजेको कर्जामा आउनु छ

मलाई पनि, चर्चामा आउनु छ 
तस्बिर सहित् पर्चामा आउनु छ 

श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com