'' गजल '' श्रीभक्त पौडेल¨आफन्त¨


'' गजल '' श्रीभक्त पौडेल¨आफन्त¨ 

तरङग छ नि, धूनको कमी भो 
रात पुर्णिमाको जूनको कमी भो 

घोषणा र भाषाण् फुटेका कुर्कुच्चा
गरिबी निवारण्, ऊनको कमी भो  

टलक्क टल्कियो काठमाडौं हिजो 
संबिधान् सभामा चूनको कमी भो 

थिचिए मिचिए नेपाली मुहार् मा 
पानी मात्र हैन, खूनको कमी भो 

बञ्जन सजियो,चान्दिको थालिमा 
याद¨आफन्त¨को नूनको कमी भो  

श्रीभक्त पौडेल¨आफन्त¨
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com