महिलाहरुले लगाउने मिनी स्कर्टको साइज र क्यान्सरबीच संबन्ध रहेको पाइएको छ । एक नयाँ अध्ययनअनुसार महिलाको स्कर्टको साइज बढ्नु क्यान्सरको खतराको संकेत हुन सक्छ ।
युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताका अनुसार २५–२६ वर्षपछि जुन महिलाको स्कर्टको साइज हरेक दश वर्षमा बढ्छ, उनीहरुमा स्तन क्यान्सरको खतरा बढी हुन्छ । ३० वर्षको उमेरपछि आफ्नो स्कर्टको साइजअनुसार बढ्दो तौलमा ध्यान दिन सकिने उनीहरुको भनाई छ ।
महिला क्यान्सर विभागसंग संबन्धित डा. उषा मेनन भन्छिन्, ‘यदि स्कर्टको साइजलाई अन्य अनुसन्धानकर्ताले पनि स्तन क्यान्सरको खतराको संकेत हो भनेर पुष्टि गर्छन् भने यो बढ्दो तौलमाथि ध्यान दिन निकै सरल तरिका हुनेछ ।’ क्यान्सर र स्कर्टबीचको संबन्धबारेको अध्ययनका लागि बेलायतमा बसोबास गर्ने ५० देखि ७० वर्षबीचका ९० हजार महिलालाई सामेल गरिएको थियो ।
तीन वर्षको बीचमा तीमध्ये १०९० महिला स्तन क्यान्सरबाट पीडित भएको पाइएको थियो । हरेक दशवर्षभित्र स्कर्टको साइज एक युनिट वृद्धि भएका महिलामा स्तन क्यान्सरको खतरा ३३ प्रतिशतसम्म रहेको पाइएको थियो । यस्तै, साइज दुई युनिटभन्दा बढी वृद्धि हुनेहरुमा स्तन क्यान्सरको खतरा ७७ प्रतिशत रहेको पाइएको थियो ।
स्तन क्यान्सरसंग संबन्धित जुडी साइम भिन्सेन्ट भन्छिन्, ‘हामीलाई थाहा छ कि स्तन क्यान्सरसंग संबन्धित ४० प्रतिशत समस्या फिट रहेर र तौल नियन्त्रित गरेर समाधान गर्न सकिन्छ । यो अनुसन्धान तौलमाथि नियन्त्रण गर्ने सरल तरिका हुन सक्छ । महिलाहरु आफ्नो बडी मास इन्डेक्सभन्दा पनि आप्mनो स्कर्टको साइज सजिलै या दगर्न सक्छन् ।’ एजेन्सी: