वासिङ्टन, ११ कात्तिक,
इबोलाका सङ्क्रमित बिरामीको उपचारका क्रममा आफै बिरामी परेकी अमेरिकी नर्सको स्वास्थ्यमा सुधार आएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनको अवस्था सुध्रिएको उनका परिवारले पनि आइतबार जनाएका छन् । समाचारमा उनको स्वास्थ्यमा विस्तारै सुधार आएको जनाइएको छ ।
इबोला प्रभावित पश्चिमी अफ्रिकी देशबाट आएका एकजना बिरामीको उपचारका क्रममा सेप्टेम्बर महिनाको अन्तिमतिर उनी बिरामी परेकी हुन् । लाइबेरियाबाट आएका एकजना बिरामीलाई उपचार गर्ने क्रममा उनलाई पनि सो रोग सरेको थियो ।
उनीसहित दुई जना नर्सलाई अमेरिकी एटलान्टाको एक अस्पतालमा उपचारकै क्रममा सङ्क्रमण भएको थियो । अर्की एक नर्सको भने सोही सङ्क्रमणबाट यही अक्टोबर ८ मा मृत्यु भइसकेको छ ।
उनको स्वास्थ्यमा सुधार आएको पछिल्लो स्वास्थ्य बुलेटिनले जनाएको छ । उपचाररत नर्स निना पाहामको स्वास्थ्यमा विस्तारै सुधार आएको छ– स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाको एटलान्टामा रहेको एमोरी अस्पतालमा उनको उपचार जारी रहेको छ । उनी सो अस्पतालमा उपचाररत रहेकी दोस्रो नर्स हुन् । रासस÷एएफपी