हङ्जउ (चीन) आश्विन २२,
चीनमा अनलाईन स्वास्थ्य उपचार विधि निकै लोकप्रिय भएको समाचारमा जनाइएको छ । यसले देशको स्वास्थ्य उपचारका क्षेत्रमा एक नयाँ उद्योगको रुप लिने प्रयास गरिरहेको पनि जनाइएको छ ।
अलिबाबाका अनुसार अक्टोबरसम्ममा चीनका करिब १५ वटा अस्पतालले यो सेवा दिनका लागि यस अनलाइन नेटवर्कमा आबद्ध भएका छन् । फ्यूचर अस्पताल नाम दिइएको सो अनलाइन अस्पताल सेवा एक किसीमका घुम्ती सेवाजस्तै हुन् र ती अस्पतालले अनलाइनबाटै सेवा दिइरहेका छन् । यस्ता अस्पतालबाट अनलाइनमै सेवा दिइने र बिरामीसँग चिकित्सकले परामर्श पनि अनलाइनबाटै दिने गर्दछन् ।
उनीहरुले कम्तीमा पनि हरेक दिन एक हजार बिरामीले यस्तो सेवा लिइरहेको जनाएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुले पनि चीनमा पछिल्लो समयमा यस्तो सेवा दिन प्रतिदिन लोकप्रिय हँुदै गएको बताएका छन् । रासस÷एएफपी