भर्जिनिया आश्विन २०,
विजय थापा : अमेरिकाको म्यारिल्याण्ड स्थित नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनईसीसी)को सभापतिमा सर्वसम्मति बाट लामो समय देखि महा सचिब पदमा रहेका खिलेन्द्र न्यौपाने सभापतिमा चुनिएका छन् ।
उक्त कार्यकारी समितिमा ७ सदस्यहरु रहेका छन् भने समितिको पदावधि ३ बर्षको हुने छ । लामो समय सम्म निर्वाचन हुन् नसकेको भएता पनि सामाजिक संस्थामा सर्व सम्मतिबाट चयन भएकोले समुदायले सकारात्मक रुपमा लिएका छन् ।
एनईसीसीको निर्वाचन समितिले तोकेको मिति भित्र कुनै पनि पदमा कसैले पनि मनोनयन पत्र नबुझाएको समाचारले सामाजिक संस्थामा सेवा गर्न समुदाय ईक्षुक नहुनु र अवैतनिक रुपमा काम गर्न कतै बितृष्णा पलाएको हैन त भन्ने अहिले अमेरिका भर चासोको बिषय भएको छ ।
कसैको कुनै पदमा आबेदन नपरे पछि बिधान अनुसार पदाधिकारीहरुको सामाजिक सेवामा गरेको संलग्नता ,समर्पण तथा भूमिकाको आधारमा उक्त ७ सदस्यीय समिति निर्वाचन समितिले चयन गरेको कुरा निर्वाचन समितिका निर्वाचन आयुक्त डा श्याम कार्कीले जनाएका छन् ।
नया निर्वाचित पदाधिकारीहरुमा खिलेन्द्र न्यौपाने ,सभापति ,प्रेम संग्रौला ,प्रथम उपाधक्ष्य ,सरोज प्रजापति ,द्वितीय उपाधक्ष्य ,नेत्र घिसिङ्ग ,महा सचिब ,राम चन्द्र खरेल ,सचिब ,लक्ष्मण प्रधान ,कोषाधक्ष्य तथा राम चन्द्र भट्टराई उप कोषाधक्ष्य सर्व सम्मतिबाट निर्वाचित भएका छन् ।
यसै गरि निर्वाचन समितिले संस्थालाई अझ मजबुत बनाउन र सहयोग लिने उदेश्यले डिसी महानगर क्षेत्र वरपरका बिभिन्न व्यक्तिहरुलाई बिभिन्न पदमा मनोनित गरेको छ ।
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को एक उपज हो । हाल यसै सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध नेपाली मन्दिर स्थापना गरिएको छ । र ,हाल एनईसीसीले उक्त सामुदायिक केन्द्रको सम्पूर्ण रकम भुक्तानी गरि मन्दिर पनि आफ्नै नाममा दर्ता गरि धनि पुर्जा प्राप्त गरि सकेको छ । एनईसीसी अमेरिकन सरकार अन्तर्गत पूर्ण गैर मुनाफा सामाजिक संस्थामा दर्ता भै संचालनमा रहेको छ ।
अमेरिका भरका नेपाली समुदाय तथा बिशेष गरि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अथक प्रयासबाट सामुदायिक केन्द्र तथा मन्दिर स्थापना भएको हो।