राजेश रुम्बा लामा : 'पूर्वी चितवनमा निउनि कार्यक्रम सम्पन्न'
पूर्वी चितवन बिरेन्द्र नगर १ घडेरी डाँडामा अवस्थित साङ्ग छेवाङ्ग टासी
बौद्ध गुम्बामा निउनि (कठोर तथा पवित्र मौनव्रत) कार्यक्रम सम्पन्न भएको छ
।
बौद्ध धर्मावलम्बी तामाङ, गुरूङ, शेर्पा, थकाली एवं हिमाली सम्प्रदायहरु
दशैंका बेला तीन दिने ङ्युङने बस्ने गर्दछन् । यस्तो बेला भगवान बुद्धका
बिभिन्न अष्टशीलहरूको पालना गरिन्छ । महाकरूणामयी आर्य अवलोकेश्वर (फापा
चेङरेसी) को प्रार्थना गरेर यो उपवास बस्नुको मुख्य उद्धेश्य शरीरलाई
स्वस्थ र स्फूर्त बनाउनु, ध्यान एकाग्र बनाउनु र मनबाट अशुद्धीहरू हटाई
शान्ति प्राप्त गर्नु हो । ङ्युङनेको समयमा एकता, समानता, प्रेम, त्याग र
क्षमा र करूणाको अभ्यास हुन्छ भन्ने विश्वास मानिन्छ । जुन व्यवहारबाट
समाजमा दिगो शान्ति कायम हुने गर्दछ ।
| गुम्बाका संरक्षक डील बहादुर तामांग मन्तब्यराख्दै |
बुद्धधर्मअनुसार यसरी एकपटक निराहार मौन व्रत बस्दा ४० कल्पसम्मका क्लेश (पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । यस बाहेक, दसैँको बेलामा लामा लगायत बौद्ध समुदायले ङ्युङ्ने बसेको मुख्य कारण चाहिँ दसैँ पर्वका नाममा लाखौं पशुपन्छीहरूको वली दिईन्छ, ती प्राणीहरूको चित्तले चीर शान्ति प्राप्त गरोस् भनेर फापा चेङरेसीको बन्दना गर्नु हो । यसबाट ती अकालमा मारिएका प्राणीहरूको उद्धार र मोक्ष हुन्छ भन्ने विश्वास गरिन्छ । महायानी बौद्ध धर्माबलम्बीहरू आफ्नो मात्र नभई, समस्त प्राणीहरूको कल्याण गर्ने कुरालाई महत्व दिइन्छन् ।
| गुम्बाका अध्यक्ष अकल बहादुर तामांग निउनि कार्यक्रम समापत्न गर्नुहुँदै |
आध दर्जन भन्दा बढी विभिन्न जिल्लाका गुम्बाका लामा गुरुहरु सहित चितवन जिल्लाका बिरेन्द्र नगर गाबिस लगाएत छिमेकी गाबिस भण्डारा,कोराक गाबिसका गरि १७५ भन्दा बढी युवा देखि बृद्ध बृद्धा (उपास तथा उपासिकाहरु) समेतले बसेको निउनि कार्यक्रमको प्रमुख लामामा मकवानपुर नेवारपानी गुम्बाका पेमा साङ्गे लामा हुनुहुन्थ्यो भने कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउने जिम्मा गुम्बा व्यवस्थापन समितिका अधक्ष्य अकल बहादुर थिङ्ग तामाङ्ग लगाएत अन्य सदस्यले लिनु भएको थियो ।
कार्यक्रम समापन पश्चात बृहद भोजनको कार्यक्रम सके पछि गुम्बा परिवारले सबैलाई खादा ओडाई सामुहिक तस्बिर खिची बिदाइ गरिएको थिए । कार्यक्रम फूलपातीको दिन प्रारम्भ भई नवमी/दशमीको दिन सम्पन्न भएको हो ।