काठमाडौँ, १० कात्तिक,
भारत र नेपालका लागि इटालीका राजदूत ड्यानीले मानसिनीको नेतृत्वमा आएको टोलीले केही दिनअघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाइते भएका दुई जना इटालियन नागरिकको स्वास्थ्यस्थितिबारे जानकारी लिएको छ ।
इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आइसियू कक्षमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राजदूत मानसिनीको नेतृत्वको टोली सो अस्पताल पुगेको हो ।
भेटका क्रममा शिक्षण अस्पतालका कार्डियाक सर्जन डा अनिल भट्टराई र नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा भरत रावलको समेत उपस्थिति थियो । रासस -