नोबल पुरस्का पाएका सत्यार्थी नेपाल आउदै I

काठमान्डू कार्तिक ३,

नारीदर्पण : बालअधिकारका पक्षमा चलाएको सफल अभियानका नोबेल शान्ति पुरस्कार पाएका भारतका कैलाश सत्यार्थी पुष पहिलो हप्ता नेपाल आउने भएका छन् । 

आगामी डिसेम्बर १० मा नर्वेको ओस्लो पुगेर पुरस्कार थापेपछि सत्यार्थी आफ्नो घर जाने र त्यसपछि लगतै काठमान्डू र पश्चिम नेपाले भ्रमण गर्न आउने भएका छन् । 

सत्यर्थिले काठमान्डूमा संसदीय महिला तथा बालवालिका समितिमा सम्बोधन गर्ने र पश्चिम नेपालको बर्दिया/दाङ्ग मा मुक्त कमैया हलिया संग सम्बद्ध भेलामा मन्तब्य राख्ने प्रारम्भिक कार्य भैरहेको सभासद एवं अधिकार कर्मी डिल्ली  चोक्चेर्ले बताउनु भयो । 

इलेत्रिक इन्जिनियर समेत रहेका साठ्ठी बर्षीय सत्यर्थिले सन् असीको दसक देखि सुरु गरेको बाल्दसत्व बिरुद्धको अभियानले नेपाल, बंगलादेश, पाकिस्तान लगायत देशहरुमा निकै गहन प्रभाव परेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com