कविता By, राकेश कार्की

 
कविता '' रक्तदान जीवनदान ''

बग्दै स्नेहले अरूको मुटुमा

गाँसेर नाताको एउटै धड्कन
आउ बचाऔँ अर्को जिन्दगी
नसा नसा बग्दै भर्दै जीवन
रगतको कमीले झरेका अश्रु

पुछौँ नजाओस कसैको ज्यान
मरणासन्नको संजीवनी उपचार
रक्तदान नै अमूल्य जीवनदान
रगत नै अमृत अजब उर्जा

मानव भइ मानवको बचाउ वंश
रूकेको सासमा सास थप्दै
तिम्रो रक्त कसैको अनमोल अंश
एउटै वर्ण एउटै धर्म जो रगत एउटा

दुर्घटनाग्रस्त घाइतेलाई एउटै सहारा
हरेक अनुहारमा ल्याउने अद्भुत मुस्कान
तिम्रो थोरै रातो द्रव नै अमृत धारा

हर प्राणको नवजीवन नै हो परम सुख
रगतले जीवन सिचौँ राखौँ यो ध्यान
पुण्य मनले निष्पाप तनले बाँडौँ जीवन
सबैको निम्ति अहो रक्तदान जीवनदान

इन्जिनियर
राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com