' गजल ' By, मानन्धर अभागी


' गजल ' By, मानन्धर अभागी

शिरमा आशिष जमरा रातो टीका निधार
दशैं आउनु अभिशाप ! मेरो आफ्नो विचार

ऋण काट्दा काट्दा आफू चुर्लम्मै डुवीसक्यो
दशैंको चाडपर्वले म मा वज्र प्रहार

बच्चालाई नयाँ लुगा दशैंमा खसीको मासु
कहाँबाट पु¥याउने बेच्नुपर्ने भो घरवार

न जागिर न व्यापार वुवा परदेश सवार
यसपालीको दशैं पनि भएन है साकार

कहिल्यै उँभो लागेन आफ्नो यो जिन्दगी
 गरिवीको कारणले घोची रा छ वारम्वार ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com