गीत '' अनमोल जीवन ''
यो भुमि मलाई स्थिर लाग्दैन,
मेरो पाँउ मलाई थाम्न सक्दैन।
यो एक्लोपन,हलचल मचाईदिन्छ,
यो अल्लारे जीवन,त्यसैं पग्लाईदिन्छ।
यो लोभी आँखा कतैं जम्दैन,
मेरो ठाँउ मलाई बाँच्न दिदैन।
यो अनौठोपन,पलपल झस्काईदिन्छ,
यो साउनको भेल,वर्षात् गराईदिन्छ।
यो झोली फिजाए प्यार पाउदैन,
दिलको फूलबारीमा फूल फुल्दैन।
यो जीवनको हिस्सा रूपरेखा देख्दैन,
यो नगरीको जेल,मोहनी लगाईदिन्छ।