नेपाल मुक्तक प्रतिष्ठान इजरायलको सूचना !

तेल अभिव आश्विन १५,

नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको संयोजनमा यहाँ इजरायलमा रहनु भएका सम्पूर्ण मुक्ताकिला मनहरुलाई समेटी प्रतिनिधि मुक्तक संगालो " मुक्त आकाश " छिट्टै प्रकाशित हुन गैरहेकोले  यहीं सूचनालाई आधार मानि मुक्तक अनुरागीहरुलाई २० वटा मुक्तक , एक प्रति तस्विर , स्थाई ठेगाना तथा आफु संग भएको साहित्यिक बायोडाटा यो सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्रमा मुनि दीएको इ-मेल ठेगानामा पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ '' नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा '' ।

यसरि प्राप्त मुक्ताखारुलाई यहीं सम्पादन गरी प्रकाशनका लागि पठाइएका मुक्तकहरुको अन्तिम छनौट केन्द्रमा बरिष्ठ मुक्तकार द्वय प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेज्यू र महासचिव रमेश पौडेलज्यूले गर्नुहुनेछ ।
मुक्तक पठाउनका लागि इमेल : npmuktak.isr@gmail.com

__ यो दोस्रो सुचना हो __
पहिलो सुचना प्रकासित् गरेसंगै धेरै मुक्तकप्रेमी तथा मुक्तक अनुरागीहरुले आफुले रचना गरेका सुन्दर मुक्तकहरु पठाउनु भएको छ । ज जसले मुक्तक पठाउनु भयो उहाहरुलाई हार्दिक धन्यवाद साथै कोही मुक्ताकिला मनहरु छुट्ट्नु भएको छ भने अक्टोबर ६ तारिक सम्ममा अाइपुग्ने गरी माथि उल्लेख गरिएको ठेगानामा मुक्तकहरु पथाउन  हुन हार्दिक अनुरोध गर्दछौं ।

'' नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com