भमरा नचिनेको फूल लोकार्पण photo fearure . . .

सुर्खेत २८ भाद्र,

मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा  आख्यानकार यामलाल गौतमको उपन्यास भमरा नचिनेको फुल एक भव्य र सभ्य कार्यक्रमका बीच लोकार्पण भएको छ कार्यक्रमका प्रमुख अतिथि ऋषिप्रसाद थानीले उक्त उपन्यासको लोकार्पण गर्नुभएको हो । गौतमको यो दोस्रो उपन्यास हो । उनले यस भन्दा अगाडी सोझो गन्तव्य घुमाउरो यात्रा यही २०७१ साल बैसाख ११ गते प्रकाशित गरिसकेका छन् ।

मध्यपश्चिमाञ्चल गजल मञ्च विधिवत रुपमा दर्ता भइसके पछि उक्त संस्थाको पहिलो प्रकाशनको रुपमा प्रकाशित उपन्यास हो भमरा नचिनेको फूल ।

कार्यक्रमको रोतचक पक्ष भनेको डडेल्धुरा, अछाम, दैलेख, जाजरकोट, सिन्धुली, बर्दिया, बाँके र  सुर्खेत लगायतका स्रष्टाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ११ वर्षे बालक देखि ८२ वर्षिय बृद्धसम्मको उपस्थिति रहेको थियो ।

कार्यक्रम छन्दकवि ऋषिप्रसाद थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै कवि थानीले भन्नु भयो – नेपाली साहित्यको विकास र विस्तारा गर्न सबै उमेर र तह तथा विधाका साहित्यकारहरु एकजुट भएर लाग्नु पर्दछ । त्यसरी एकजुट भएर लागेको खण्डमा भाषा र साहित्यको विकास र विस्तारमा कसैले पनि अवरोध ल्याउन सक्दैन । संविधान दिन नसक्ने नेताहरुको र देश र जनताको सुरक्षा समेत दिन नसकेको सरकारको भर पर्नु भन्दा साहित्य क्षेत्रका सबै हस्तीहरु एक भएर लागेमा सुर्खेतलाई राष्ट्रिय स्तरसम्म मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन सकिन्छ ।

उपन्यासको समीक्षा गर्दै सुर्खेतका अग्रज साहित्यकार नारायण प्रसाद तिमिल्सेनाले भन्नुभयो – कृति आफैमा सुन्दर र सवल छ । केही झिनामसिना कुराहरु सच्याउनु पर्ने भएपनि सुर्खेती माटोमा एउटा असल उपन्यास दिन सकेकोमा कृर्तिकारलाई धन्यवाद । लोकार्पण तथा साहित्यिक जमघट कार्यक्रममा ५८ जना स्रष्टाहरुले आ – आफ्ना रचनाहरु समेत वाचन गरेका थिए ।

मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी “अमृत”ले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव धिरेन थापा अनुपमले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई संस्थाका सदस्य रमेश चन्द कुसुमले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सुर्खेतका बाटी पिडितहरु र मध्यपश्चिमका शिक्षाका धरोहर स्वामी चेतनानन्द गिरीको असामायिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।

 कार्यक्रममा डा. दीपक गौतम, कीर्तिराज जोशी, राप्रपा नेपाल जिल्ला कार्यसमिति सुर्खेतका सचिव अमृत राना, मायाराम न्यौपाने, ऋर्षि शर्मा सुदामा, विष्णु शर्मा अथकमनु, भानुभक्त भट्टराई, प्रविण तिमिल्सेना, प्रजिता पन्त, सरस्वती पन्त, कविता महतारा, हरिलाल महतारा, लोकेन्द्र पौडेल डहरे, गज बहादुर अधिकारी, मनोज कुमार विष्ट, लोकेश क्षेत्री आँचल, विद्या निर्दोष पहाडी, सञ्जीव बराल, महेन्द्रचन्द महासागर, पहल असिम थापा, निमा गुरुङ, पूर्ण प्रसाद भण्डारी, पूर्णदेब अधिकारी, विष्णु महतारा, कृष्ण विरही जलन, पूर्ण बहादुर शाही, कर्ण बहादुर बोहोरा लगायत स्थानीय पत्रपत्रिकाका पत्रकार, रेडियो एफ एमहरुका पत्रकारहरुको उपस्थिति रहेको थियो । क्वीक खबर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com