काठमान्डू आश्विन ९,
सदरमुकामस्थित आदर्श उच्च माविमा १२ कक्षा अध्ययनरत एक किशोरीमाथि बुधवार बिहान बलात्कार भएको छ । इलाम नगरपालिकामा डेरा गरिबस्ने १७ वर्षकी किशोरीलाई स्थानीय १८ वर्षका सन्दिप निरौलाले बाटोबाटै उठाएर अम्लिसो घारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
डेराबाट कलेज पोशाक लगाएर पुस्तक बोकेर बाटोमा एक्लै हिँडिरहेकी किशोरीलाई एकान्तमा पर्ने बाहुनधारा नजिककै अम्लिसोघारीमा लगेर निरौलाले घाँटी थिचेर जर्वजस्ती गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पदम थपलियाले बताउनुभयो । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । निरौलाले पहिल्यैदेखि आफूलाई पछ्याउने र दुःख दिने गरेको पीडित किशोरीले बताएकी छिन् ।
बलात्कारको आरोप लागेका निरौला स्थानीय इलाम विद्या मन्दिरमा आठ कक्षामा पढ्छन् । किशोरीले दिएको हुलियाका आधारमा बलात्कार गर्नेको खोजी हुँदा निरौला दोषी भेटिएको र उनले बलात्कार गरेको स्वीकारेको प्रहरीले दावी गरेको छ ।
बलात्कृत किशोरीलाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गराइ थप उपचारका निम्ति राखिएको छ । पीडित किशोरीका बुवाले छोरीमाथि बलात्कार गर्ने निरौलाविरुद्ध बुधवारै प्रहरीमा किटानी जाहेरी दिँदै कानुनबमोजिम कारवाहीको माग गरेका छन् । पक्राउ परेका निरौलालाई हिरासतमा राखिएको छ ।by, NB: