चेपाङ संरक्षण केन्द्रलाई प्राथमिक उपचार सामाग्री सहयोग I

चितवन असोज ८,

चितवनको रत्ननगर १० मा रहेको गामवेशीको चेपाङ संरक्षणमा आश्रित वालवालिकाहरुका लागी प्राथमिक उपचार सामाग्री सहयोग प्राप्त भएको छ ।

काठमाडौ मखन टोल घर भएका निकेश स्थापितले ८ हजार वरावरको प्राथमिक उपचार सामाग्री केन्द्रलाई सहयोग गर्नु भएको हो । साथै उहाँले वालवालिकाहरुको उपचारका लागी अक्षय कोष पनि निर्माण गर्नु भएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो ।

सोही स्थानका राजेश रौनियार र सजना कर्मचार्यले केन्द्रलाई ४ बोरा चामल प्रदान गरेको शर्माले वताउनुभयो । यसैगरी भरतपुर स्थायी घर भई वैदेशिक रोगजारीको शिलशिलामा जापानमा वस्नु हुने कोपिला महतले आफ्ना ससुरा स्वर्गीय विरवहादुर महतको पुण्यतिथीको अवसरमा ५ हजार बरावरको खाद्य सामाग्री सहयोग गर्नु भएको छ । केन्द्रमा हाल चितवन र मकवानपुरका ७० जना चेपाङ वालवालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com