काठमाण्डौ आश्विन ४,
सागर श्रेष्ठ : कुशल प्रशासक, जलस्रोतको अग्रज तथा जलस्रोत विज्ञ, वौद्धिक व्यक्ति पी.पी. अधिकारीको व्यतिmत्व तथा कृतित्व पुस्तक प्रकाशनमा ल्याईएका छ ।
विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितद्धारा प्रकाशित तथा आयोजित पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघको केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा हुनुहुन्थ्यो ।
विशिष्ठ अतिथिमा पीपी अधिकारी हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा पूर्व मन्त्री भद्रा कुमारी, पूर्व मन्त्री हरी संकर परियार, राजदुत लिला प्रसाद शर्मा, प्राध्यापक संघ सभापति रामेश्वर उपाध्यय, संस्कृतिविद पासाङ्ग गोपार्मा, समाजसेवी सविता उप्रेती, फ्रेण्डशिप फोरमका अध्यक्ष दिपक कार्की, एकता होटल व्यबसायीको अध्यक्ष ज्ञानु गजमेर लगायत, विभिन्न बौद्धिक व्यक्तिहरु, पत्रकार, तथा साहित्यीक मनहरुको झण्डै २०० को हाराहारीमा उपस्थित रहेको थियो ।
उक्त समारोहमा पीपी अधिकारीको व्यतित्व र कृत्विमा प्रकाश पारिएको थियो । पुस्तकका लेखक टंक प्रसाद उप्रेतीद्धारा पुस्तक लेख्नुको औचित्य प्रष्ट पार्नु भएको थियो भने सभापनि सागर श्रेष्ठले विश्व नेपाली साहित्य महासंघको स्थापना गर्नुको उद्देश्य साथै पुस्तक प्रकाशन गर्नुको बारेमा स्पष्ट पार्नु भएको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथि मानननिय वाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापाले नेपालको विकासमा पर्यटन, विद्युत र कृर्षिको ठूलो महत्व रहेको र यसै अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिनुको साथै शुभ कामना दिनु भएको थियो ।
कार्यक्रम सञ्चालन रोजीना लामाले गर्नु भएको थियो अने अधिकांश वक्तहरुले पीपी अधिकारी जीलाई र लेखकलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रमको अन्तमा चियापानको व्यवस्था गरिएको थियो ।