कोलोराडो/ प्रतिनिधी भद्र २३,
आख्यानकार कृष्ण धराबासीज्युद्वारा लिखित सती प्रथामा आधारित नेपाली कथानक चलचित्र "झोला" यही सेप्टेम्बर ६ तारिकका दिन ब्रुम्फिल्ड स्थित अडोटेरियम हलमा सफलताकोसाथ प्रदर्शन भयो ।
छोटो अवधिभित्रमा यस् चलचित्रबारे होहल्ला गरेर पनि कोलोराडोबासीहरुको निक्कै जमातले यो चलचित्र हेर्न भियाए ।
यो चलचित्र हेर्नको साथै आख्यानकार/कथाकार कृष्ण धराबासीज्युसँग भेट्घाट गर्न र तस्बिर खिचाउनकोलागी दर्शक र शुभ चिन्तकहरुको निक्कै उत्साह देखिन्थ्यो । उक्त चलचित्रले सबैको मन जित्न सफल भयो। कथाकार धराबासीज्यु पनि यस चलचित्रको कोलोराडोको प्रदर्शन छोटो समयभित्रै सफलतापुर्वक सम्पन्न भएकोले कोलोराडोबासी र अ.ने.सा.स. कोलोराडो च्याप्टरलाई धन्यवाद दिनु भइे प्रशन्न बनेर फर्किनु भयो । यस् चलचित्र प्रदर्शनमा निक्कै सहयोगी हातहरुको सहयोग छ भने प्राविधिक पक्षमा बि.आर.टि.नेपालका सम्पादक शैलेस पोख्रेलज्युले सहयोग गर्नु भएको थियो ।
.jpg)
.jpg)