अङ्ग प्रत्यारोपणलाई निःशुल्क हुनुपर्छ I

काठमान्डू आश्विन ४,

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले केही दिनयता आफ्नो स्वास्थ्यमा देखिएको समस्या मिर्गाैलाका कारण नभएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले मिर्गाैला प्रत्यारोपण गरेको सात वर्ष भो, यसपछि आफूले खाइरहेका औषधिले कमजोरी बनाएको होला ।”

आरोग्य फाउन्डेसनद्वारा आज पुल्चोकमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले तत्कालीन अवस्थामा आफू नेपालमा उपचार असम्भव भएर नै भारत गएको स्पष्ट पार्दै मेरा अगाडि अस्पताल अथवा आर्यघाट दुई विकल्पमात्र थिए, मैले अस्पताल नै रोजे भन्नुभयो । “म २० दिन अस्पतालको विस्तारामा सिकिस्त भएर बस्नुभन्दा २० घण्टा जनता साथमा रहन चाहन्छुु”, उहाँले भन्नुभयोे– अध्यक्ष ओलीले भावुक मुन्द्रामा भन्नुभयो, “म आगामी दिनमा जति राजनीतिलाई महत्व दिन्छु त्यति नै अङ्ग प्रत्यारोपणका क्षेत्रमा काम गर्नेछु ।

अङ्ग प्रत्यारोपणलाई निःशुल्क बनाउनेतर्फ ध्यान दिन सरकारलाई उहाँले सुझाव दिनुभयो । अध्यक्ष ओलीले आफ्नो भनाइ राख्नु अघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीे अन्यत्र काम छ भनि कार्यक्रम स्थलबाट बाहिरिनुभएको थियो । कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले सरकारी सेवापछि आफ्नो सामाजिक जीवन ‘अङ्ग दान, जीवन दान’ भन्ने जनचेतना कार्यक्रममा नै बढी बित्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले एक वर्ष अगाडि नै मिर्गाैला दान गरिसकेको छु, अब मिर्गाैला बैंक बनाउन आवश्यक पर्ने मस्तिष्क मृत्युसम्बन्धी मापदण्ड ल्याउने कार्यमा जुटिरहेको छु ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले आफू चिकित्सा क्षेत्रबाट नआए तापनि स्वास्थ्य सेवालाई गरिब जनताको पहुँचमा ल्याउन सुधार गर्ने बताउनुभयो । फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले आफ्नो आमाको स्मृतिमा आफूले फाउन्डेसन स्थापना गरी अङ्ग प्रत्यारोपणका क्षेत्रमा सेवा पु¥याइरहेको र आगामी दिनमा छुट्टै अस्पताल नै स्थापना गर्न लागेको जानकारी दिनुभयो । फाउन्डेसनका महासचिव प्रा डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युसम्बन्धी मापदण्डको अभावमा कलेजोको प्रत्यारोपण सुरु गर्न नसकिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “ट्याक्रोलिमस उपकरण स्थापनासँगै नेपाल अङ्ग प्रत्यारोपण उपचारमा आत्मनिर्भर भयो ।”नेपालब्रिटेन :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com