अस्पतालको नयाँ भवन चर्किएपछि ठेकेदारले टालटुल गरि हस्तान्तरण गरे I

ओखलढुंगा आश्विन ४,

बनाइ नसक्दै चर्किएको रुम्जाटार अस्पताल भवन ठेकेदार कम्पनीले टालटुल पारेर अस्तान्तरण गरेको छ । कम्पनीले गत बुधबार सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत अस्पताललाई भवन हस्तान्तरण गरेको हो।

सो भवन निर्माणकै चरणमा एक दर्जनभन्दा बढी ठाँउमा चर्किएको थियो । बनाउँदा–बनाँउदै चर्किएपछि लामो समयदेखि भवन हस्तान्तरण भएको थिएन । गत वर्ष नै भवन निर्माण सकिएको थियो । भुकम्प प्रतिरोधात्मक भनिएको भवन दर्जनभन्दा धेरै ठाँउमा चर्किएको सहरी विकसा तथा भवन निर्माण डिभिजन कार्यालयका एक कर्मचारीले बताए ।

‘भवन सबैतिर चर्किएकाले पनि निर्माण सामग्री गुणस्तरीय थिएन भन्ने पुष्टि हुन्छ,’ नाम नबताउने सर्तमा उनले भने, ‘जगैदेखि चर्किएर झार उम्रिएको भवन टालटुल गरेर हस्तान्तरण गरियो ।’ यता ठेकेदार कम्पनी ‘डाँफे इन्द्रेणी सगरमाथा जेभी’का प्रतिनिधि पुपष् श्रेष्ठले भने भवन चर्किएको नभएर जगमा लगाइएको पेटि चर्किएको बताए । नयाँ पत्रिकाबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com