समाज सेवा कलमबाट I

सेवा जस्तो ठुलो धर्म दुनियामा केहि हुदैन । सेवाको लागि अर्थदान र भौतिक दान मात्र हुदैन । बिबिध प्रकारबाट समाज सेवा गर्न सकिन्छ । मानिसले चाहना मात्र राख्नु पर्छ जहाँ पनि ,जहिले पनि ,जस्तो अवस्थामा पनि सामाजिक या मानबिय सेवा गर्न सकिने हुन्छ । समाज सेवाको लागि उमेरले छेक्दैन । भनिन्छ समाज सेवा आफुमा पुगी सरि आए पछि मात्र गरिन्छ । आफु संग केहि दिने छैन भने समाज सेवा नगर्दा हुन्छ भन्ने ठुलो जमात छ किनभने समाज सेवा गर्दा अर्थ खर्चिन्छ ।

समाज सेवा कलमबाट गर्न सकिने अवस्था हामी नेपालीलाई छ या छैन। समाज सेवा धन कमाए पछि मात्र गर्दा ठिक हुन्छ भन्ने कुरा तर्क राख्दा बहसको बिषय बन्न सक्छ तसर्थ कलम बाट पनि समाज सेवा हुन् सक्छ भन्ने कुरामा प्रकाश पर्न उचित होला। कलम चलाउने पेसामा कबि ,साहित्यकार ,लेखक ,उपन्यासकार ,पत्रकार तथा अन्य अनगिन्ती पेसामा रहेकाले गर्ने गर्दछन ।

कलम चलाए वापत जीवन धान्न होस् या दैनिक जीवन गुजार्न अर्थ चाहिन्छ । यो बिना हावा खाएर जीवन धान्न सकिने छैन । कसैले पनि फाल्तुमा कलम चलाउछ भने कलम चलाउनेको जीवनको अनुसन्धानको बिषय बन्न सक्दछ । कलम बाट सेवा भन्न थाल्यो भन्ने विश्वासको वातावरण नहुन् सक्छ किनभने कलम चलाउनेले धन कमाउछन र कमाउनु पनि पर्छ । परिवार पाल्न पेसागत रुपमा कलम चलाउनेले अर्थको अपेक्षा गर्दछ । कलम चलाए वापत अर्थ प्राप्त गर्दछ र जीवन यापन चलाई रहेको हुन्छ । पैसा नदिई विदेशमा काम लगाउन पाईदैन। आफैले स्वयम् सेवा गर्छु भने खुशी खुसि पाईने हुन्छ ।
 
अमेरिकामा बिभिन्न संघ तथा संस्थासंग आबद्ध भै अनुभव बटुलेको र सामाजिक संस्थासंग पदाधिकारी भै सेवा पुर्याएकोले कालान्तरमा कलमबाट समाज सेवा गर्ने भन्ने आफ्नो बिबेकले ठहर्याएकोले त्यो तर्फ उन्मुख हुने अवस्थामा यो पंक्तिकार पुगेको हु । सामाजिक सेवा प्रति बितृष्णा नभै सत्य र तथ्य कलम चलाउनेले मात्र यथार्थता सतह बाहिर ल्याउन सक्ने छन्। आफुले भ्याए सम्म कलम चलाउने र अमेरिका भरका गतिबिधि तथा बिबिध बिषयलाई सूचना तपाइको अधिकार भन्ने मान्यतालाई बिश्व ब्यापी पुर्याउने आफ्नो ध्येह रहेकोले कलमबाट समाज सेवा गर्ने प्रतिबद्धता गर्दै समुदायको ठुलो अपेक्षा रहेको छ ।

कलम चलाउनेले परिश्रम गरे वापत पारिश्रमिक पाउदछन । अमेरिका जस्तो मुलुकमा श्रम खर्च गर्ने बितिकै रकम प्रदान गर्नु पर्ने हुन्छ । आफुले समय व्यवस्थापन गर्दै समाजको भलोको लागि कलम चलाउने पंक्तिकारले निधो गरि अगाडी बढ्ने सोच बनाई सकेकोले निस्वार्थ रुपमा कलम चल्ने छ । आफ्नो लागि फगत प्रचार र प्रसार नगरी आफु अवैतनिक रुपमा कलम चलाउने भएकोले ब्यबहारिक रुपमा समयले बोल्दै जाने छ ।

अमेरिकामा व्यस्त जीवन छ । समयको अभाव रहेता पनि कलम चलाउदा समाजले केहि पाउछ भने भने त्यो भन्दा ठुलो कलम चलाउनेलाई आनन्द केहि हुदैन । समाज र समुदायमा रहेका वास्तविकतालाई केलाउदै ,निफन्दै र छान्दै सत्य वस्तु उजागार गर्नु कलम चलाउनेको परम कर्तब्य हुने हुनाले त्यो वर्गमा आफुलाई समाहित गर्न आफ्नो हर कोसिस रहने प्रतिबद्धता रहेको छ ।

समाज सेवा भन्ने शब्द सस्तो हुन् थालेको छ । स्वदेशमा भन्दा विदेशमा समाज सेवा र समाज सेवी शब्दहरु नेपाली समुदायको लागि ज्यादा चिर परिचित हुन् थाली सकको छ । समाज सेवा बारेमा लेख्दा कतै अर्थले अनर्थ हुने त हैन भन्ने लाग्नु स्वाभाविक हुन्छ । समाज सेवा र समाज सेवी भन्ने शब्दहरुमा अल्मलिनु हुदैन किनभने जसले जे भने पनि टाउको दुखाई गरि रहनु पर्दैन किनभने सबैलाई प्रजातन्त्र लागेको छ । समाज सेवा र समाज सेवी भनि यी शब्दहरुलाई सस्तो बनाउनु हुदैन । परदेशमा झन् यी शब्दहरु सस्ता भएका छन् । कुनै संस्थामा आबद्ध भयो उ समाज सेवी भै हाल्छ।  

समाज सेवा गर्ने अनेक उपाय र तरिका भएता पनि पंक्तिकारले अमेरिका जस्तो मुलुकमा केवल समुदायको लागि कलमबाट समाज सेवा गर्न आँट गर्दै संचार माध्यममा लेख मार्फत संदेश पुर्याउने सुक्ष्म हिम्मत गरेको छ । यस लेखाई प्रति बहस र छलफल गर्नु भन्दा अवैतनिक रुपमा समाज सेवा कलमबाट गर्ने सोच बनाएकोमा सकारात्मक पृष्ठ पोषणको अपेक्षा गर्दछु । कलमबाट समाज सेवा गर्ने कटिबद्धता जाहेर गर्दै संघ तथा संस्थामा पदीय जिम्मेबारी बहन गर्न लोभिने रहर त्याग्दै निरन्तर कलम घुमाउने विश्वास दिलाउदै .......बिदा

अस्तु......................................................................

विजय थापा 
भर्जिनिया, अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com