भक्तपुर आश्विन ६,
विश्व रेबिज दिवसका अवसरमा जिल्ला पशु सेवा कार्यालय भक्तपुरले आजबाट जिल्लाभर साताव्यापी निःशुल्क रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ ।
कार्यालयका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले ६ देखि १२ गतेसम्म जिल्ला पशु सेवा कार्यालय र कार्यालयअन्तर्गतका पशु सेवा केन्द्रमार्फत घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको निःशुल्क खोप लगाउने अभियान सञ्चालन गरेको बताए ।
कार्यालयले छालिङ गाविस भवनमा ६ गते, दधिकोट गाविस भवनमा ७ गते, बालकोट गाविस भवनमा ११ गते र भक्तपुर नगरपालिका खौमामा ११ गते खोप लगाउन शिविर नै सञ्चालन गर्ने भएको छ । पशु सेवा कार्यालयमा एक साताभरि नै निःशुल्क खोप लगाइने जानकारी दिँदै चिकित्सक चन्दले मातहतका पशुसेवा केन्द्र एवम् शिविरमा पनि निःशुल्क खोप लगाइने भएको बताए ।
कुकुर र बिरालोबाट रेबिज लाग्नबाट रोक्न यो अभियान सञ्चालन गरेको उनको भनाइ छ । त्यसैगरी कार्यालयले विद्यार्थीलाई रेबिज रोगबारे जानकारी दिने उद्देश्यले सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई रेबिज रोगबारे जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ ।
कार्यालयका पशु चिकित्सक उमेशलाल प्रधानका अनुसार कार्यालयले बागेश्वरीको खरिपाटी, दधिकोट, सिपाडोल, नंखेल र सुडाल गाविसका विद्यालयका विद्यार्थीलाई रेबिज रोगका बारेमा जनचेतनामूलक कक्षा सञ्चालन गरिने जानकारी दिए । रासस: